
शनिवार , कार्तिक २९, २०७७
परासी, २९ कार्तिक ।
तिहारमा बालिने झिलीमिली विद्युतीय बत्तीको आकर्षणले यस वर्ष माटोको दियो खासै बिकेको छैन् । नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठपर्वमा बालिने माटोको दियो, आकर्षित झिलीमिली बत्तीका र कोरोना माहामारीका कारण यस वर्ष खासै नबिकेको पेशाकर्मीहरु बताउँछन् ।
चाडपर्वमा अहिलका युवा पुस्ताहरु आ–आफनो घरलाई सजाउन झिलीमिली बत्तीको प्रयोग गर्ने कार्यले कुम्हाल समुदायले बनाउने माटोको दियोपालो विक्रीमा कमी छदै थियो तर कोरोना भाइरसको महामारीले पनि यसवर्ष झनै उनीहरुलाई पीडित बनाइदियो । पहिला सबैले यही दियो किनेर घर–आँगन सजाइदियो बाल्ने गर्दा यसको माग निकै बढ्दै जाने र यो दियो बनाउन भ्याईनभ्याई थियो तर अहिले यस्तो अवस्था आएपछि निराश भएको उनीहरु बताउँछन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ बस्ने ६० वर्षिय बिखम कोहार भन्छन्, ‘पहिला हामीले माटोको दियोपालो र विभिन्न भाडाकुडाहरु बनाई गाउँ–गाउँ तथा स्थानिय बजारहरुमा बेच्दै आएका थियौ, तर झिलीमिली विद्युतीय बत्ती र कोरोनाको डरत्रासले यस वर्ष गाउँ–गाउँ तथा स्थानीय बजारहरु पुग्न नसकेका कारणले हाम्रो दियोपालोहरु खासै नबिकेको उनले दुःखेसो पोखे ।
कोहारले भने, ‘कोरोना महामारी र बिजुलीको झिलीमिली बत्ती, प्लाष्टिक मैनबैत्ती र इलेक्ट्रीक बत्तीहरुले गर्दा हामीले बनाएको माटोको दियो र भाडाहरु बिक्रीमा कमी त आएकै छ त्यसमा पनि कोरोना महामारी कारणले गर्दा झनै कोहार पेशा प्रभावित भएको छ । यसै पेशाबाट घर परिवार पाल्दै आएको कोहारले एक सिजनमा दुईदेखि तीन हजारसम्म माटोका दियो भाडाहरु विक्री गर्दै आएको तर तर यसवर्ष ५० प्रतिशत पनि विक्री नहुने संकेत देखिएको बताए ।
पाल्हीनन्दन ५ गरेमाकै ५० वर्षदेखि निरन्तर माटोको दियो तथा भाँडाकुडा बनाउदै आएका उतरिया कोहार भन्छन ‘कोरोना माहामरी र इलेक्ट्रिक बत्ती मैनबत्तीले गर्दा माटोको भाडाहरुको बजारमा माग घट्दै गएको बताउँदै त्यसमा पनि माटो पनि नपाउनाले हाम्रो पेशा नै धरापमा पर्ने अवस्था सिर्जना भइरहेको उनले चिन्ता व्यक्त गरे ।
उनले भने, ‘पहिला एक सिर्जनमा खर्च कटेर १५ हजारदेखि २० हजार बचत हुने गरेको गत वर्ष भन्दा यसवर्ष कोरोना महामरीको कारणले माटाको भाँडाहरुको बजारमा माग न्यून रहेको कारणले गर्दा परिवार र घरखर्च चलाउन पनि धौधौ भइरहेको कोहारले बताए । उनले माटोको भाडा, दियो, बुरकी गागरी,, कलश, गमलाहरु स्थानीय बजार परासी, सुनवल, भुमही, बर्दघाट, बेलाटारी र रुपन्देही समेतका केही बजारहरुमा विक्री गर्दै आएको बताए । झिलीमिली बत्ती र प्लाष्टिक तथा स्टिलको रेडिमेट आकर्षक लाईट बत्तीले माटोको दियोको माग र महत्व घटदै गएको अनुमान गरिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij