
आइतवार , जेठ १५, २०७९
भैरहवा, १५ जेठ ।
गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारीले बिरामीलाई फलफूल वितरण गरेका छन् ।
भैरहवास्थित भीम अस्पतालमा पुगेर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करिब ४० जना बिरामीलाई आइतबार फलफूल वितरण गरेका हुन् । सो अवसरमा बोल्दै नगरप्रमुख खानले आर्थिक समस्याका कारण कोही पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नहुने भन्दै नगरवासीको स्वस्थ जीवनको लागी नगरपालिका गम्भिर रहेको बताए ।
सामूदायिक अस्पतालको स्तरवृद्धि गरी सर्वसुलभ एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालिका लागिपर्ने उनले बताए । उनले भीम अस्पताल भैरहवाको गहना भएको भन्दै यस अस्पतालको वृद्धि विकास एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव गराउन नगरपालिकाबाट सक्दो सहयोग उपलब्ध गराउने बताए ।
त्यस्तै उपप्रमुख अधिकारीले पनि नगरबासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रभावका लागि आफूहरु प्रतिबद्ध रहेको बताइन् । अस्पताल विकास समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले भीम अस्पतालको स्तरवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij