images

शनिवार, बैशाख २२ गते २०८१

चुनावी सरकारले हावादारी बजेट ल्यायो : एमाले

चुनावी सरकारले हावादारी बजेट ल्यायो : एमाले

images
images
images
आइतवार, जेठ १५ २०७९
आइतवार, जेठ १५ २०७९
  • चुनावी सरकारले हावादारी बजेट ल्यायो : एमाले

    काठमाडौं, १५ जेठ ।
    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चुनावका लागि आवश्यक खर्च, चालु आयोजनालाई निरन्तरता र दैनिक प्रशासनिकतर्फ आवश्यक बजेट व्यवस्था मात्र गरेको बताए ।

    images
    images
    images

    सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको र पाँच महिना समयावधि रहेकोे सरकारले दीर्घकालीन महत्वका योजनाको ल्याएको टिप्पणी गरे ।

    “मुलुक आर्थिक संकटमा परिरहेको अवस्थामा छ”, पूर्वअर्थमन्त्री पौडेलले भने, “सरकारले प्राथमिकता भुलेर बजेट ल्याएको छ, मुलुकलाई आर्थिक लयमा ल्याउन जरुरी छ ।” उनले वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, आठ प्रतिशत आर्थिक वृद्धिदर जस्ता कुराहरु हावादारी भएको बताए ।

    त्यस्तै एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति र कार्यक्रम बारेमा र बजेटमा सन्तुलन नदेखिएको धारणा व्यक्त गर्नुभयो । “यो कार्यान्वयन हुने सम्भावना छैन”, उनले भने, “विद्युतीय प्रयोगलाई बढाउने कुरा राम्रो छ, तर धेरै गर्न नसक्ने कुरा बजेटमा छन् ।” 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij