२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

पार्कको पर्खाल भत्काइएको सम्बन्धमा वडा कार्यालयलाई ध्यानाकर्षण

मंगलवार , जेठ १७, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १७ जेठ ।
    सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवामा पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगिरहेको बेला पार्कको गेट बिगार्ने, पर्खाल भत्काउने, रुख विरुवा उखेल्ने, फोहोर फाल्ने जस्ता कार्यप्रति स्थानीय युवाहरुले वडा समितिको कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै उनीहरुले पार्क नगरकै गहना भएकाले निर्माण कार्यमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

    284379005_1175773486515798_4904873055624893682_n.jpg

    दरखसवा समाजका सदस्य तथा युवा समाजसेवी विवेक भण्डारी, कमल थापासहित युवाहरुले मंगलबार वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायसमक्ष आँखा अस्पताल अगाडि पार्किङलाई व्यवस्थित गर्न समेत आग्रह गरेका छन् ।

    त्यस्तै युवाहरुलाई रोजगारीको व्यवस्था गर्न वडा कार्यालयले पहल गर्नुपर्ने, जथाभावी बस रोक्न नहुनेबारे वडाअध्यक्षलाई ध्यानाकर्षण गराइएको विवेक भण्डारीले बताए । वडाका केही समस्याबारे वडाअध्यक्ष उपाध्यायलाई अवगत गराएपछि उहाँबाट समस्या समाधानका विषयमा सकारात्मक प्रतिक्रिया पाएको भण्डारीले जानकारी दिए ।