images
images

शनिवार, जेठ ५ गते २०८१

नेपाली युवा उद्यमी रुपन्देहीमा निरज लाकौल

नेपाली युवा उद्यमी रुपन्देहीमा निरज लाकौल

images
images
images
बुधवार, जेठ १८ २०७९
बुधवार, जेठ १८ २०७९
  • नेपाली युवा उद्यमी रुपन्देहीमा निरज लाकौल

    बुटवल, १८ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निरज लाकौलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुटवलमा भएको साधारणसभा तथा अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्देश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रिसभ वझा चयन भएका छन् । 

    images
    images
    images

    त्यस्तै कार्यकारिणी सदस्यहरुमा आर्दश श्रेष्ठ, शैलजा श्रेष्ठ, अनिस कसौधन, प्रतिक कसजु, शायेना श्रेष्ठ, राजीव श्रेष्ठ, सुमन बस्याल, सुमित वझा र सुमित श्रेष्ठ चयन भएका छन् ।

    साधारणसभा तथा अधिवेशनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नवनिर्वाचित युवा उद्यमी मञ्च रुपन्देहीका कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । उनले देशको अर्थतन्त्र लगायत बुटवल नगरीलाई आर्थिक र पर्यटकीय क्षेत्र बनाउन युवाहरुको सहयोग आवश्यक रहेको बताए ।

    बुटवल नगरीलाई आर्थिक राजधानी बनाउन र व्यवसाय प्रर्वद्धन गर्नको लागि अमरपथ क्षेत्रलाई चौबिसै घण्टा खुल्ला गरिने तथा वडा नम्बर १ र २ लाई पर्यटकीय आर्थिक संग्राहलयको रुपमा प्रवद्र्धन गरिने बताए । उनले बुटवलको पहिचान जितगढी किल्ला र रामपिथेकसको प्रवद्र्धन गरिने तथा बुटवल वडा नम्बर १४ १५, १६, १७, १८ र १९ लाई कृषि जोन को रुपमा प्रवद्र्धन गरिने गरी काम अगाडी बढाउने बताए ।

    ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा चुरे क्षेत्रको पहिरोलाई कसरी रोकथाम गर्न सकिने र पानीको मुहान कटान गरी सिद्धबाबा क्षेत्रबाट  निकासा गरी तटबन्धनको कार्य गरेको बताउँदै उनले बुटवल चौराहदेखि चिडिया खोलासम्मको सडकलाई छिटोछरितो बनाउनका लागी निर्माण व्यवसायी र सडक विभागलाई घचघचाइरहेको बताए ।

    कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष प्रदिप शाक्यले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्ति, संघ–संस्थाहरुलाई सम्मान गरेका थिए । त्यस्तै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाक्यले सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनमा अझ बढी सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, बुटवल वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, नेपाली युवा मञ्चका केन्द्रिय अध्यक्ष उदिप श्रेष्ठ, बुटवल उवासंघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, रुपन्देही जिल्लाका  पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान सैजु, अखिलेश गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij