२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

राष्ट्रियसभा बैठकः राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

बुधवार , जेठ १८, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौँ, १८ जेठ। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ।

    बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ। अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। उनले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए। रासस