
बिहिवार , जेठ १९, २०७९
काठमाडौं, १९ जेठ ।
नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको आजको बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे समीक्षा भएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीको अपेक्षित परिणाम नआउनुमा आन्तरिक समस्या पनि कारण रहेको बताए । उनले भने, “जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।
नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।” बैठकमा पार्टीका नेता, २२ जनसंगठनका, इञ्चार्ज र सहइञ्चार्ज तथा अध्यक्षको उपस्थिति थियोे । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij