२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगरौं : महामन्त्री शर्मा

शुक्रवार , जेठ २०, २०७९

काठमाडाैँ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चूनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।

उहाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केहि सिटमा जीत हासिल गरेको तर्क गरे । शर्माले सवै स्थानीय तहमध्ये केहिमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे । उहाले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

उनले मुलुकको बिकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिए । रासस