आइतवार , जेठ २२, २०७९
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्।
आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका हुन् ।
समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उनले बताए । माओवादीभित्र पनि यस्तै स्थीति रहेको उनको भनाई छ ।
उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रसंसा गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
