२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

रोहिणी बस दुर्घटना : कांग्रेस रुपन्देहीद्वारा दुुःख व्यक्त

आइतवार , जेठ २२, २०७९

भैरहवा, २२ जेठ ।
रुपन्देहीको रोहिणीमा आइतबार बिहान भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीले दुुःख व्यक्त गरेको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका छन् । 

कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले घाइते र मृतकका आफन्तलाई भेट गरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । सभापति खाँणले भैरहवास्थित भिम अस्पतालमा मृतकका आफन्तलाई भेट गर्दै अकल्पनीय रुपमा घटना भएको भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे । 

त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत घाइतेहरुलाई भेट गरी उनले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरे । जनताको दुःख सुखमा कांग्रेस सधै एक साथ रहने भन्दै उनले उपचारमा कुनै कमी आउन नदिन अस्पताललाई आग्रह गरे ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।