२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गणित समाज लुम्बिनीको अध्यक्षमा न्यू होराइजनका आचार्य निर्वाचित

सोमवार , जेठ २३, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • रुपन्देही, २३ जेठ । 
    नेपाल गणित समाज लुम्बिनीको अधिवेशनले न्यू होराइजन कलेजका सहायक प्राचार्य गोपाल आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट पिताम्बर तिवारी उपाध्यक्ष, थानेश्वर भण्डारी सचिव, परशुुराम चौधरी सहसचिव, दीपक ज्ञवाली कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा देवीराम पौडेल, प्रेमप्रकाश काफ्ले, लक्ष्मी नारायण चौधरी, रविकुमार केसरी, विष्णु पाण्डेय र खेम कोइराला निर्वाचित भएका छन् । 

    नवनिर्वाचित अध्यक्ष आचार्यले गणितलाई जीवनपयोगी बनाउने गरी अनुसन्धानहरुलाई बढाउने, गणित शिक्षणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले संस्थालाई अगाडि बढाउने प्रतिवद्धता गरेका छन् । 

    यसअघि भएको दुईदिने कार्यशालामा नेपाल गणित समाजका केन्द्रीय सभापति प्रा.डा. नारायणप्रसाद पहाडी, शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, फोर्ट भ्याली स्टेट युनिभर्सिटीका सहप्राध्यापक डा. ईश्वरीजंग कुँवरले गणितका आधारभूत तहमा अनुसन्धान र नेपाली सन्दर्भमा स्कुल तथा विश्वविद्यालय तहमा गणित शिक्षणमा रहेका समस्या तथा तिनीहरुका समाधानका उपायहरुबारे प्रशिक्षण दिएका थिए ।

    अध्यक्ष शेषराज भट्टराईको अध्यक्षता र सचिव गोपाल आचार्यको सञ्चालनमा  कार्यक्रममा लुम्बिनी प्रदेशका गणित विषयमा स्नातकोत्तर गरी शिक्षण पेशामा संलग्न ८२ जना व्यक्तित्वहरुको सहभागिता रहेको  थियो । कार्यक्रममा शेषराज भट्टराई, डा. जीवन काफ्ले, पिताम्बर तिवारी, थानेश्वर भण्डारी, प्रेम शाहलगायतको प्रस्तुति रहेको थियो ।