images

मंगलवार, बैशाख २५ गते २०८१

लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउँछ : उपाध्यक्ष क्षेत्री 

लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउँछ : उपाध्यक्ष क्षेत्री 

images
images
images
सोमवार, जेठ २३ २०७९
सोमवार, जेठ २३ २०७९
  • लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउँछ : उपाध्यक्ष क्षेत्री 

    बुटवल, २३ जेठ ।
    लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । उनले ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।

    images
    images
    images

    सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए । उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी कृषकहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने बताए । उपाध्यक्ष क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई कृषि विकास बैंक र सहकारीहरुबाट सहुलियत व्याजमा ऋणको व्यवस्था गरिने बताए ।

    स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउँदै उनले भने, ‘गरिबी निवारण घटाउने गरी बजेट बन्छ । ’
    प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने उनको दावी छ । उनले बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउंँदै अब विकास निर्माणका बजेट पार्नका लागि पाँचवटा मापदण्ड पूरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।

    नयाँ प्रणाली सुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरुको भनाईको भरमा बजेट नपाइने उनले बताए । उनले मापदण्ड पुरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताए । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए । 

    प्रदेश सांसद् कमल प्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पूँजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । उनले लोकप्रियता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँंदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने तर्क गरे ।

    कार्यक्रममा प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धी मूलक बजेट बनाउनुपर्नेमा जोड दिए । उनले उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयातलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको बताए ।

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ऋषि आजादले उपभोक्तामैत्री बजेट ल्याउन सुझाव दिए ।
    पत्रकार दामोदर खनालले परम्परावादी र पुरानो शैलीको बजेट नल्याउन सुझाव दिए । केन्द्रको बजेटको आधारमा प्रदेशको बजेट आउने र समयमा खर्च नहुँदा विकासका कामहरु नहुने र बजेट हिनामिना हुने गरेकाले यसप्रति समयमै सचेत बन्न सुझाव दिए ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij