
शुक्रवार , जेठ २७, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
उनले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको टिप्पणी गरे । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोश्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दावी गरे ।
कुनै सिद्धान्त‚ विचारबीना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए। त्यस्तै उनले अहिलेको सरकारले संविधानलाई तोडमरोड गरेको आरोप लगाए ।
ओलीले आगामी निर्वाचनमा एमाले अध्याधिक बहुमतका आधारमा बिजयी हुने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij