२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य निर्वाचित

शुक्रवार , जेठ २७, २०७९

चन्द्रौटा, २७ जेठ ।
कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले)का बाबुराम आचार्य निर्वाचित भएका छन् । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित भएका हुन् ।

उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित भएका छन् । । मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो । सदस्यहरुमा कांग्र्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित भएका छन् ।

यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भएका छन् । समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग चुनावी तालमेल गरेको थियो । रासस