images

शुक्रवार, बैशाख १४ गते २०८१

बुटवललाई मुलुककै उत्कृष्ट नगर बनाउने गरी काम गर्दैछौ : नगरप्रमुख पाण्डेय

बुटवललाई मुलुककै उत्कृष्ट नगर बनाउने गरी काम गर्दैछौ : नगरप्रमुख पाण्डेय

images
images
images
आइतवार, जेठ २९ २०७९
आइतवार, जेठ २९ २०७९
  • बुटवललाई मुलुककै उत्कृष्ट नगर बनाउने गरी काम गर्दैछौ : नगरप्रमुख पाण्डेय

    खेलराज पाण्डे
    प्रमुख, बुटवल उपमहानगरपालिका

    images

    बुटवल उपमहानगरपालिकामा निर्वाचित हुनुभएको छ, स्थानीय सरकारका मुख्य प्राथमिकता के हुन् ? अबको ५ वर्षमा बुटवलमा के गर्न सकिन्छ भन्ने लागेको छ ?

    बुटवलउपमहानगरपालिकामा मलाई प्रमुखको रुपमा जनताले चुनेर पठाउनुभएको छ । जनताले चुनेर पठाइसकेपछि मैले शुरुमा जनतालाई घरघरमै पुगेर धन्यवाद दिएर आफ्नो काममा खटिएको छु । जनताका समस्याको पहिचान गरेर त्यसै अनुसारका कार्यक्रम बनाएर बजेटमा समेटेर ल्याउनका लागि म लागिरहेको छु । बुटवल उपमहानगरपालिकालाई कसरी मुलुककै उत्कृष्ट नगर बनाउन सकिन्छ भन्नेमै मेरो ध्यान छ । म बिहानै उठेर जनताकै घरदैलोमा पुगेर कुराकानी गर्छु । उहाँहरुसँग भेटघाट गर्छु । त्यसै अनुसार योजना बनाउनेछु । हामी बजेट निर्माणको चरणमा छौं । अब, हरेक वडाको पहिचान सहितको कार्यक्रम हामीले ल्याउनेछौं । अबको पाँचवर्षमा हरेक वडालाई आफ्नो पहिचान स्थापित गर्ने गरी, भूगोल, भेग र व्यवसायिक क्षेत्रको आधारमा, ऐतिहासिक, पुरातात्विक क्षेत्रका आधारमा वडाको पहिचान कायम राख्दै ती क्षेत्रको विशेषता अनुसारका कार्यक्रमलाई अघि बढाउनेछौं । फोहोरमैला व्यवस्थापन वैज्ञानिक ढंगले समाधान गर्न विज्ञहरुसँग छलफल गरेर अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्नेबारे छलफल गर्दैछौं ।

    मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भइरहेको छ । स्थानीयको समस्या सम्बोधन गर्दै औद्योगिक क्षेत्र निर्माण गर्ने काम अघि बढ्नेछ । पदस्थापन भएको १२–१५ दिनमै केही काम शुरु गरेका छौं भने केही शुुरु हुने क्रममा छन् । मतदातासँग भेटेर धन्यवाद भन्नुपर्ने र सुझाव लिनुपर्ने पनि छ । योसँगै जनताका समस्या समाधानको कामपनि सँगसँगै अघि बढाउनुपर्ने छ । त्यसलाई पनि अघि बढाइरहेका छौं । केही समयपछि बुटवलका समस्या समाधानका लागि विज्ञहरुको छलफलमा बुटवललाई आर्थिक केन्द्र बनाउन, देशभरका ठूला लगानी कर्तालाई बुटवलमा ल्याउनका लागि छलफल गर्नेछौं । बुटवल हाम्रो संरक्षक हो, हाम्रो अभिभावक हो भन्ने भावना सबैमा जगाउनुपर्ने छ । 
    अबको ५ वर्षमा धेरै सुचकांकमा परिवर्तन ल्याउने छौं । शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानीका क्षेत्रमा अलि बढी महत्व दिएर काम गर्नेछौं । वडाहरुका मूल समस्यालाई ल्याएर तीनको समाधान गर्ने गरी कार्यक्रम ल्याउनेछौं । 

    बुटवलको विकासकालागि तपाइँका अल्पकालीन र दीर्घकालीन योजना कस्ता छन् ?

    हामीले चुनाबको समयमा धेरै संकल्प जनताका माझमा गरेका थियौं । ती मध्ये केही तत्काल गर्न सकिने कार्यक्रम छन् । केही २–३ वर्ष लाग्ने खालका छन् भने केही योजना बनाएर क्रमागत तरिकाले अघि बढाउँदै लैजानुपर्ने योजना पनि छन् । ती योजनालाई तीनको प्रकृति अनुसारले तत्कालीक र दीर्घकालीन रुपमा हामीले छुट्याउने छौं र त्यसै अनुसारले काम गर्दै जानेछौं । कतिपय कार्यक्रम र योजनाहरु हामीले मात्रै गर्न सक्ने या हाम्रो बजेटले मात्रै भ्याउने खालका छैनन्, ती कार्यक्रममा प्रदेश सरकार, संघीय सरकार र अरु अनुदान दिने निकायहरुसँग समन्वय, सहकार्य गरेर अघि बढ्नेछौं ।

    तत्काल गर्ने काम हामीले शुरु गरिसकेका छौं । बुटवलको राजमार्ग चौराहा देखि गोलपार्कसम्मको सडक संघीय योजना भएपनि यो बुटवल भित्रको योजना हो । यसले यहाँका बासिन्दा, व्यवसायी र बटुवालाई असर गरिरहेको छ । कतिले त व्यवसाय नै बन्द गर्नुपरेको छ । यो सडक निर्माणमा भएको ढिला सुस्तीलाई खबरदारी गर्ने, झक्झक्याउने र अनुगमन गर्ने, कतिपय अवस्थामा अगुवाई समेत गरेर सुधार गर्नुपर्ने देखिए पनि म आफै सडकमा गएर दिनदिनै जसो कामको अनुगमन गरेँ । त्यसपछि यो सडक निर्माणले गति पाएको छ । तत्काल गर्नुपर्ने अर्को काम थियो ज्योतिनगरको पहिरो र तिनाउ नदी किनारका बस्तीको जोखिम न्यूनीकरणको काम ।

    ज्योतिनगर पहिरोको समस्या समाधानका लागि हामीले काम थालेका छौं । त्यहाँ प्राविधिकहरुको सल्लाह अनुसार नै बस्तीभन्दा माथिबाट आउने खहरे खोलाको बाढीलाई अर्कोतर्फ बग्ने गरी पर्खाल बनाउने र सुरक्षा दिने काम शुरु भएको छ । तिनाउ नदी किनारका १६ हजार घरपरिवार मध्ये जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित आवासको लागि नदीमा तटबन्ध गर्ने, सुरक्षित बनाउने काम पनि चलिरहेको छ । सुकुम्बासी समस्या समाधानका लागि बसोबासका आधारमा प्रमाणपत्र दिने काम गछौं । १६ हजार घरपरिवारको नामतयार भइरहेको छ । त्यसलाई कानुन अनुसार सूचना प्रकाशित गरेर नगरबाट बसोबासको प्रमाण पत्र दिनेछौं ।

    तिनाउ कोरिडोरबाट विस्थापितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि हामीले योजनामा राख्नेछौं । अर्को कुरा, मोतीपुर क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भइरहेको छ । स्थानीयको भावना र मागलाई सम्बोधन गरेर औद्योगिक क्षेत्र बनाउने काम अघि बढाउन संघीय सरकारसँग समन्वय गर्नेछौं । सेमलारमा देशकै उत्कृष्ट कृषिउपज केन्द्र निर्माण गर्ने काम पनि हाम्रो योजनामा आउनेछ । जग्गाको टुंगो लागे पछि यसको काम अघि बढ्नेछ । अब, यी केही अल्पकालीन योजनाहरु पनि हुन् । दीर्घकालीन रुपमा हामीले बुटवललाई समानता, स्वाभिमान र अवसर सहितको बस्न योग्य शहर बनाउने भनेका छौं । त्यसका लागि हामीले विज्ञहरुसँग छलफल गरेर योजनाबद्ध रुपमा काम गर्ने छौं । यस्तै बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने, मेगा सिटीका रुपमा विकास गर्ने जस्ता योजनाहरु छन् । तीनलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर चरणबद्ध रुपमा काम अघि बढाइनेछ । 

    अबको बजेटका प्राथमिकता के हुनेछन् ?

    समग्र बुटवललाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर भौगोलिक, व्यवसायिक, ऐतिहासिक र पूरातात्विक हिसाबले विकास गर्ने कार्यक्रम ल्याउनेछौं । वडा नम्बर १४ देखि १९ लाई ग्रीन ल्याण्डका रुपमा विकास गर्ने, अर्गानिक खेती, थारु होमस्टे निर्माण गर्ने र विमानस्थल देखि नजिक पर्ने सो क्षेत्रलाई अन्तरराष्ट्रिय समुदायलाई आकर्षित गर्ने गरी कार्यक्रम ल्याउने छौं । पारी बुटवललाई ऐतिहासिक र पुरातात्विक हिसाबले विकास गर्ने खालका कार्यक्रम ल्याउनेछौं । शैक्षिक, पर्यटन, स्वास्थ्यलाई त्यसैगरी वडाहरुलाई समेत किटान गरेर कार्यक्रम ल्याउने छौं । यहाँका किसान, मजदुुर, व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी कार्यक्रम आउनेछन् । 

    बुटवलको विकासका रणनीतिमा अन्य दल तथा संघसंस्थाको भूमिका कस्तो हुनुपर्ला, के त्यो समन्वय गर्न सक्नुहुन्छ ?

    बुटवल सबैको हो । यसलाई साझा रुपमा अघि बढाउनुपर्छ । बुटवल उपमहानगरपालिकाले अभिभावकका रुपमा भूमिकानिर्वाह गर्दैगर्दा यहाँका संघसंस्थाहरुलाई साथसाथै लिएर अघि बढ्नेछ । निजीक्षेत्र, बुटवलबासी र हरेक क्षेत्रमा संलग्नहरुलाई सँगै लिएर हामी बुटवलको विकासका लागि अघि बढ्नेछौं । यसमा लगानी र सहकार्यका लागि बुटवल र संघसंस्थाहरुसँग समन्वयकारी र साझेदारी हुने गरी हामीले काम गर्नेछौं । बुटवलको विकासका लागि सबैको साथ जरुरी छ र त्यो पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ । 

    प्रदेश तथा संघीय सरकारसँग कसरी समन्वय गर्नुहुन्छ?

    प्रदेश र संघसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । हाम्रो बजेटको अंश समेत संघ र प्रदेशको अनुदानमा पनि आधारित छ । त्यसैले प्रदेश र संघसँग विकासका कार्यक्रममा हामी साझेदारी गरेर, समन्वय र सहकार्य गरेर अघि बढ्नेछौं । संघको बजेटमा हाम्रा केही कार्यक्रमहरु बाँकी रहेका छन् । हामी निर्वाचित भएर आउनु अघि नै संघको बजेट निर्माण भइसकेको र हामीले संघ सरकारसँग छलफल गर्न नपाउँदै बजेट आएकाले केही कार्यक्रमहरु समावेश हुन सकेनन् । त्यसलाई हामीले फेरि छलफल गरेर ती छुटेका कार्यक्रमहरुलाई समावेश गर्नेगरी पहल गर्नेछौं । प्रदेशमा पनि हामीले बजेटमा हाम्रा कार्यक्रमहरु समावेश गर्नका लागि अनुरोध गर्नेछौं । प्रदेशसँग निरन्तर रुपमा छलफल गरेर अघि बढ्नेछौं । 

    बुटवल बासीसँग तपाइँको अपेक्षा के छ ?

    बुटवलका सबैको साझा हो । हामी धेरै काममा पीपीपी मोडलमा जान चाहन्छौं । बुटवल अभिभावक हो भन्ने भावनाको जागृत गराउन चाहन्छौं । विकासका हरेक जसो कार्यक्रममा जनतालाई साझेदार बनाएर अघि बढ्न चाहन्छौं । बुटवलमा लगानी कर्तालाई धेरैभन्दा धेरै आकर्षित गर्न चाहन्छौं । यसका लागि सबै क्षेत्रको सहयोग र सहभागिता आवश्यक पर्छ । यसमा सहयोग गर्नकालागि सबैलाई अपीलगर्न चाहन्छु । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij