images

शनिवार, बैशाख १५ गते २०८१

जनप्रतिनिधिलाई डा.सीके राउतको निर्देशन : जनताको सेवक भएर काम गर्नु  

जनप्रतिनिधिलाई डा.सीके राउतको निर्देशन : जनताको सेवक भएर काम गर्नु  

images
images
images
आइतवार, जेठ २९ २०७९
आइतवार, जेठ २९ २०७९
  • जनप्रतिनिधिलाई डा.सीके राउतको निर्देशन : जनताको सेवक भएर काम गर्नु  

    रुपन्देही, २९ जेठ ।
    जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । उनले आफूलाई शासक नठानी जनताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आइतबार जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आएका डा. राउतले यस्तो निर्देशन दिएका हुन् ।

    images

    जनताको घरघरमै गएर सेवा दिनुपर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गरेर काम गर्न समेत डा. राउतले आग्रह गरे । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउँदै उनले अधिकांश स्थानमा थोरै मतान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडी परेको उल्लेख गरे । आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा. राउतको आग्रह रहेको छ ।

    त्यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानले जनमत पार्टीले निर्वाचित प्रतिनिधिलाई जनता राज ल्याउने गरी काम गर्न र पार्टीको प्रतिष्ठा बचाउन आग्रह गरे ।

    पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीका उम्मेदवारलाई निर्वाचित बनाउन सहयोग पुर्याउने र मतदान गरी जनमतका उम्मेदवार विजय बनाएकोमा सबैमा धन्यवाद दिए । उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा सबै जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

    जनमत पार्टीले देशभरी एक/एक नगरपालिका र गाउँपालिका जितेको छ भने १९ वटा वडाहरुमा पनि पार्टीले जित निकालेको हो । पहिलोपटक निर्वाचनमा होमिएको जनमत पार्टीले तराईका अधिकांश जिल्लाहरुमा उम्मेदवार उठाएको थियो । सुशासन र भ्रष्टाचारको मुद्धा दिएर निर्वाचनमा होमिएको यो पार्टीले निर्वाचित प्रतिनिधिहरुलाई सुशासनयुक्त भ्रष्टाचारमुक्त पालिका निर्माण गर्नुको साथै जनताको पक्षमा काम गर्न प्रशिक्षण नै चलाएको छ ।  पालिकामा सुशासन काम गर्ने , भ्रष्टाचार अन्त्य गर्ने , जनताका समास्यालाई समाधान गरी जनता राज ल्याउने भन्दै पार्टीका केन्द्रीय अध्यक्ष डा. सि.के. राउत स्वयंले प्रशिक्षण दिएका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij