२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

गुल्मीकी प्रनिशालाई मिस डायमण्ड नेपाल २०२२ को उपाधि

सोमवार , जेठ ३०, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, ३० जेठ । 
    मिस डायमण्ड नेपाल २०२२ को उपाधि गुल्मीकी प्रनिशा थापाले जितेकी छन् । उनले नेपालभरीका १५ प्रतिष्पर्धीलाई पछि पार्दै मिस डायमण्डको उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद २० हजार र थुप्रै गिफ्ट हेम्परहरु हात परेकी छन् । 

    मुलुकभरका सातै प्रदेशबाट सहभागि भएका प्रतियोगिमध्यबाट टप फाईभ हुँदै झापाकी अविना कटवाल मिस डायमण्ड एम्वेस्टर नेपाल, रुपन्देहीकी आर्शु राई मिस रेन्बो नेपाल, काभ्रेकी दीक्षा कार्की मिस क्रिष्टल नेपाल र चितवनकी रागिनी श्रेष्ठले मिस डिभा नेपालको उपाधि जितेकी हुन् । 

    साहसी कदम नेपाल रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा विभिन्न शिर्षकका उपाधी विजेताहरुले क्रमशः १५ हजार, १०÷१० हजार र ५ हजार नगद सहित विभिन्न गिफ्ट हेम्परहरु हात पारेका छन् । उपाधि विजेतालाई तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले पुरस्कार वितरण गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका युवायुवतीहरुका अन्तरनीहित प्रतिभालाई उजागर गर्न र समाजमा घुलनमिलनका लागि कार्यक्रम सहयोगि सावित हुने बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार र अन्य सवालमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग रहने विश्वास व्यक्त गरे । 

    साहसी कदम नेपालका अध्यक्ष आनिक रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमाका नगरउपप्रमुख जगेश्वरी देवी चौधरी, वरिष्ठ गायिका देवीका बन्दना, मिस डायमण्ड २०१६ का विजेता रेश्मा न्यौपाने, २०२० का विजेता सरोजी न्यौपाने, पूर्व मिस एम्बेस्डर सायरा गुरुङ्ग, मिस क्रिष्टल रोज थापा मगर, मिस रेन्वो जिज्ञासा चौधरी र मिस डिवा मुस्कान क्षेत्रीले विजेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

    संचारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठक, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख सन्तोष आचार्य, अधिकारकर्मी मीनाक्षी न्यौपाने, प्रतिमा शर्मा, अध्यापक युवराज कंडेल, प्रतिमा भट्टराई, डाक्टर प्रज्ञा सिंह, कोरियोग्राफर सुजित बस्याल, पत्रकार झविन्द्र देवकोटाले निर्णायकको भुमिका निभाएका थिए ।

    साहसी कदमका सहसचिव अनु अनमोल क्षेत्रीका अनुसार कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने सहभागि, सहयोगी संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । यसअघि भएकोे मिस डायमण्ड नेपाल २०२० मा रुपन्देहीकी सरोजी न्यौपाने विजेता बनेकी थिइन् ।