२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

राप्रपा केन्द्रीय श्रोत व्यवस्थापन समितिको सदस्यमा थापा

मंगलवार , जेठ ३१, २०७९

भैरहवा, ३१ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय श्रोत व्यवस्थापन समितिको सदस्यमा स्वाती थापा मनोनित भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापालाई उक्त समितिमा मनोनित गरिएको पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले बताए ।

पार्टीको गत जेठ १९ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम डा. राणाको संयोजकत्वमा गठित केन्द्रीय श्रोत व्यवस्थापन समितिको सदस्यमा थापा मनोनित भएकी हुन् ।

थापा राजनीतिसँगै शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छिन् ।