बिहिवार , आषाढ २, २०७९
रुपन्देही, २ असार ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सूर्य थापाले पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले अभिव्यक्तिहरु एमालेविरोधी तत्वलाई खुसी पार्न आएको बताएका छन् । थापाले भुसालका धारणा मर्यादाविपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक संजालमा धारणा राख्दै थापाले नेता भुसालले एमाले स्थायी कमिटी सदस्यको मर्यादाविपरीत अभिव्यक्ति सार्वजनिक गरिरहेको तर्क गरेका छन् ।
भुसालले मर्यादाविपरीत सार्वजनिक गरिरहेको अभिव्यक्तिहरू एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीको रहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्,‘यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र ‘सत्यनाश’को तरिका हो ।’ आफ्नो पार्टीका नेताविरुद्ध हस्ताक्षर गरेर सरकार ढाल्ने काममा लाग्दा कुनै कमजोरी गरेको महसुस नगर्ने व्यक्तिले अरुलाई पाठ पढाउँदै हिंड्नु उचित नहुने बताउँदै थापाले पहिले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको अवस्था सुधारेर मात्रै नेतृत्वप्रति औंला तेर्साउन मिल्ने तर्क गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
