
शुक्रवार , आषाढ ३, २०७९
भैरहवा, ३ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेल सवार नेपाली सेनाको हेलिकप्टर भैरहवामा अवतरण भएको छ । देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।
धनगढीमा हुने कार्यक्रममा जान काठमाडौंबाट उडेको देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर इन्धन भरेको हो । विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले इन्धन भर्न विमानस्थलमा करिब २० मिनेट हेलिकप्टर रोकिएको जानकारी दिए ।
विमानस्थलमा कांग्रेसका नेताहरूले देउवासँग भेटघाट गरेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाक, रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, नेपाल तरुण दल रुपन्देहीका सभापति तथा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवं पूर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ लगायतले देउवासँग भेटघाट गरेका थिए ।
करिब २० मिनेटको भैरहवा बसाईपछि उनी धनगढी पुगिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij