आइतवार, जेठ २१ गते २०८०

पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर २७ वर्षिय युवाको मृत्यु

पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर २७ वर्षिय युवाको मृत्यु

images
images

खबर पात्रो

३, आषाढ २०७९
  • 20.5K
    SHARES
  • पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर २७ वर्षिय युवाको मृत्यु

    भैरहवा, ३ असार । भैरहवास्थित होटल पौवाद्वारा सञ्चालित स्वीमिङ्ग पुलमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।

    स्वीमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर बेलुकी सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए । तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिए ।

    पौवामा बालबालिका र वयस्कका लागि अलगअलग स्वीमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमा छ ।

    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - २२:१५:१३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend