
शनिवार , आषाढ ४, २०७९
रुपन्देही, ४ असार ।
जिल्ला समन्वय समिति (जिसस) पाल्पाको प्रमुखसहित सबै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्यानल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार जिससको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् । प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउँदै एमालेका उम्मेदवार खनाल विजयी भएका हुन् ।
त्यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार, (दलित महिला सदस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् । २० मत रहेको पाल्पामा निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij