२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

सवारीचालक ट्रायल सेन्टरको यातायात व्यवस्था कार्यालयबाटै अनुगमन

शनिवार , आषाढ ४, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ४ असार ।

    सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा हुने केन्द्र (ट्रायल सेन्टर)को यातायात व्यवस्था कार्यालयबाट अनुगमन गर्ने व्यवस्था गरिएको छ। 

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो। कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिए। 

    'यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ,' उनले भने।

    उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि २ हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आएको उक्त कार्यालयमा दैनिक भीडभाड हुँदै आएको छ। 

    सवारी अनुमति पत्र वितरण गर्दा उक्त कार्यालयले नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर दिने गरेको छ। सिसीटिभी जडान, नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर सवारी अनुमतिपत्र वितरण गरेसँगै रिजल्ट तोडमोड गर्ने परम्पराको अन्त्य भएको सो कार्यालयले जनाएको छ। रासस