
शनिवार , आषाढ ४, २०७९
भैरहवा, ४ असार ।
जिल्ला समन्वय समिति (जिसस),रुपन्देहीको शनिबार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलै विजयी भएको छ । गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमा कान्त चपाईले २० मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नर बहादुर घर्ती मगरले १२ मत ल्याएका छन् । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का उम्मेदवार रामकृपाल धोबीले १६ मत प्राप्त गरी विजयी भएका छन ।
३२ मत रहेको जिसस रुपन्देहीको निर्वाचनमा उपप्रमुख उम्मेदवार एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९ र लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्याएर विजयी भएका छन ।
त्यसै गरी नेकपा (माओवादी केन्द्र) की मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij