२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

कर्मचारी युनियनकाे लुम्बिनी प्रदेश भेला सम्पन्न, ३६ बुदे घाेषणापत्र जारी

शनिवार , आषाढ ४, २०७९

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा । नेपाल निजामति कर्मचारी युनियन लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष मदन गौतमको अध्यक्षतामा २१ सदस्यीय समिती चयन भएको छ ।

    जसको उपाध्यक्षमा रेश्मीराज अधिकारी, लक्ष्मी केसी वली, मोहम्मद ओजिर आलम, सचिवमा भगवती पन्थी, सहसचिवमा विजय भट्टराई र कोषाध्यक्षमा धर्मराज डि.सी रहेका छन् ।

    IMG_20220618_134037.jpg

    त्यसैगरी सदस्यहरुमा बिष्णु ज्ञवाली, बिरेन्द्र रावत, देव नारायण नेपाली, वविता न्यौपाने, शकुन्तला शर्मा, नुमलाल खनाल, सुनील आर्चाय, रामकुमार तेली, जयनारायण भण्डारी, तारानाथ अवस्थी, टिकाराम कार्की, केशर खड्का, लोकेन्द्र बैध, टोपलाल पाण्डे रहेका छन् ।

    उनीहरुलाई पद तथा गोपनियताको सपथ समेत खुवाईएको छ। सो अबसरमा प्रदेश भेला समेत गरिएको छ।

    यनियनलाई राष्ट्रिय स्तरको पहिलो  ट्रेड युनियन बनाउन सामुयिक प्रण गर्ने प्रतिबद्धता

    कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेल, महासचिव जनकबहादुर रावल, सचिव प्रकाश भट्टराई, केन्द्रिय सदस्यहरु नविन पन्थी, बामदेव शर्मा, बिनोद अधिकारी, युनियनका रुपन्देही जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे लगाएतले बोल्दै कर्मचारी हक, हित र अधिकारका लागि युनियनले काम गर्ने बताए।

    IMG_20220618_135338.jpg

    उनीहरुले आधिकारिक ट्रेड युनियनको निर्वाचन यथासिघ्र सम्पन्न गराउन पहल गर्दै नेपाल निजामति कर्मचारी यनियनलाई राष्ट्रिय स्तरको पहिलो  ट्रेड युनियन बनाउन सामुयिक प्रण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

    भेलाले ३६ बुदे लुम्बिनी घोषणापत्र सार्वजनिक समेत गरेको छ।