
शनिवार , आषाढ ४, २०७९
रुपन्देही, ४ असार ।
जनता समाजवादी पार्टी नेपाल, (जसपा) रुपन्देहीका युवा नेता अशोक वर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
नेता वर्मालाई शनिबार एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन् । पार्टीमा स्वागत गर्दै पौडेलले सबै नेताहरूलाई उचित स्थान दिने बताए ।
वर्मा जसपा (तत्कालिन संघीय समाजवादी फोरम, नेपाल) रुपन्देहीका पूर्व सचिव हुन् । उनी २०७४ सालमा रुपन्देहीको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार थिए । वर्मा ग्रील उद्योगी समेत हुन् । नेता वर्माले उत्पीडित, शोषित, गरीब र निमुखा जनताको निम्ति सदैव संघर्ष गरिरहने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij