२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

आँखाको नानीमा हुने घाउको उपचारसम्बन्धी व्यवस्थापकीय तालिम

शनिवार , आषाढ ४, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares

  • भैरहवा, ४ असार ।
    नेपाल नेत्र सहायक परिवार नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर एकाई कार्यसमिति, भैरहवाको आयोजनामा आँखाको कालो नानीमा हुने घाउको उपचार सम्बन्धि एकदिने तालिम शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।
    तालिममा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका नेत्र सहायक तथा संस्थान अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रका नेत्र सहायक र बुटवल लायन्स आँखा अस्पतालमा कार्यरत नेत्र सहायकको सहभागिता रहेका लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए ।

    तालिमको सहजीकरण एशोशियट प्रोफेसर डा. सुशिला पटेलले गरेकी थिइन् ।