२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

सोमवार , आषाढ ६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • सिन्धुपाल्चोक, ६ असार ।
    मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।”

    मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो । 

    यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरेका छन् । आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु–३ पाल्चोकको नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले प्रतिष्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गरे । उनले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताए । ‘शिक्षा विकास तथा समन्वय एकाइ’को रु ६९ लाख ७० हजार  सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो । रासस