२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना

सोमवार , आषाढ ६, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् ।

    बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।

    उनका अनुसार बैठकले विषयगत समितिहरूलाई पूर्णता दिएको छ । यस्तै  मुद्दा मामिलाको पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए ।