२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

डा. मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा रचनावाचन कार्यक्रम

मंगलवार , आषाढ ७, २०७९

भैरहवा, ७ असार ।
प्रश्रित प्रतिष्ठान नेपाल सिद्धार्थनगर, भैरहवाले वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रम गरी मनाएको छ । प्रतिष्ठाले भैरहवामा साहित्यिक जमघट तथा रचनावाचन कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै शिक्षाविद् बालकृष्ण भट्टराईले साहित्यकार मोदनाथ प्रश्रितको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र उनको योगदानलाई कदर गर्दै प्रतिष्ठान खुलेकोे बताए ।

त्यस्तै प्राज्ञ बूँद रानाले गजलको माध्यमबाट कार्यक्रमलाई संगीतमय बनाएका थिए । साहित्यकार नरेन्द्र भण्डारीले प्रश्रितलाई गीतको माध्यमबाट शुभकामना व्यक्त गरे । साहित्यकार हिरालाल धामीले नेपालको पश्चिम क्षेत्रमा प्रचलित देउडा भाकाको गीतले कार्यक्रमलाई रोचकता प्रदान गरे ।

संस्थाका अध्यक्ष प्राध्यापक डा. कपिल लामिछानेले संस्थाले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए ।

कार्यक्रमा साहित्यकार उमेशचन्द्र रिजाल, वनमाली निराकार, डाक्टर शंकर नेपाल, रुद्र ज्ञवाली, उमेश थापा, डी.बी. पुन, युवराज खनाल, रमेश समर्थन लगायतले रचना वाचन गरेका थिए भने साहित्यकार डिल्लीराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा संस्थाका आजीवन सदस्यलाई टीका, खादा र सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।