२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

काशीमा माविस्तरीय कविता प्रतियोगिता सम्पन्न

बिहिवार , आषाढ ९, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ९ असार ।
    इन्ट्रयाक्ट क्लब अफ काशी नोबल एकेडेमी सिद्धार्थनगरको आयोजनामा माध्यमिक विद्यालयस्तरीय खुला कविता प्रतियोगिता बुधबार सम्पन्न भएको छ । 

    प्रतियोगितामा कक्षा ९ की कुसुम अर्याल प्रथम, कक्षा १० की रिसीका लामिछाने द्वितीय, कक्षा ९ की आयुसी गिरी तृतीय र कक्षा १० की सुभाग्यी गुरुङ सान्त्वना भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए । प्रतियोगिताको निर्णयकमा साहित्यकार ह्दय लेकाली र तेज प्रसाद पन्थ रहेका थिए । 

    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष जितेन्द्रनाथ शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष ओम जैसी, विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे, रोटरीयन जयसिंह थापा, कार्यक्रम संयोजक दीपक काफ्ले लगायतले बोलेका थिए । इन्ट्रयाक्ट क्लबका उपाध्यक्ष आरुष भण्डारीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव आशिका पाण्डेले गरेका थिए ।