images

शुक्रवार, चैत्र १६ गते २०८०

भैरहवा नमूना माविमा छात्रवृत्ति वितरण

भैरहवा नमूना माविमा छात्रवृत्ति वितरण

images
images
images
बिहिवार, आषाढ ९ २०७९
बिहिवार, आषाढ ९ २०७९
  • भैरहवा नमूना माविमा छात्रवृत्ति वितरण

    भैरहवा, ९ असार ।
    भैरहवा नमूना माध्यमिक विद्यालय सिद्धार्थनगर–५, रुपन्देहीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले बिहीबार कक्षा ६, ७ र ८ का ७४ जना विद्यार्थीहरुलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको हो ।
    सरकारले विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले प्रत्येक वर्ष छात्रवृत्ति प्रतिविद्यार्थी ४ सय रुपैयाँ दिदै आएको र सोहीअनुसार वितरण गरिएको विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले बताए । उनले शुक्रबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले अभिभावकको क्रियाशिलता र जागरुता आवश्यक रहेको बताए । उनले भने, ‘विद्यालय मन्दिर हो, अभिभावकले विद्यार्थीको पढाइबारे चासो लिनुपर्छ । ’

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले अभिभावकले आफ्ना छोराछोरीको पठनपाठनबारे नियमित रुपमा चासो लिनुपर्ने बताए । उनले विद्यार्थीहरुले पाएको छात्रवृत्तिवापतको रकम शैक्षिक सामग्री खरिदमा खर्चिन आग्रह गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता, सदस्य रबिन्द्र प्रताप गुप्ताको स्वागत तथा प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठ, विद्यालयका सूचना अधिकारी सुनिल कर्ण, प्राथमिक तह इञ्चार्ज ओमप्रकाश विश्वकर्मा, शिक्षक दधिराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    सामुदायिक विद्यालयमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई विद्यालय आउन उत्प्रेरित गर्न भन्दै सरकारले वार्षिक ४ सय रुपैयाँ छात्रवृत्ति दिने गरेको छ ।

    सरकारले झण्डै १ दशकदेखि आधारभूत तह (कक्षा १–८) मा अध्ययन गर्ने दलित, छात्रा, अपांगता भएका बालबालिका लगायतलाई छात्रवृत्ति दिने गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij