२०६२/६३ को आन्दोलन र त्यसपछिका विभिन्न सरकारका पालामा नेपाली शिक्षा जगतले ठुलो फड्को मारेको छ भनेर अस्ति मात्रै शिक्षा मन्त्रीले फलाक्दै थिए। ठुलाठुला स्वरमा कनी कनी भुँडी भुलाउँदै कन्दनी चुँडिने गरी श्रोताहरुलाई शिक्षाको रहस्य बारे प्रकाश पादैँ थिए म पनि एक कुनामा बसेर उनको भाषणको स्वाद चाख्तै थिए ।
हात ठाडो पादै देव्रे हात मठ्ठी पारेर दाहिने पन्जा उठाउँदै उनका दिब्य उपदेश थियो । राज्य संचालकले जेजे निर्णय गर्दछन् त्यो सबैले घोप्टो मुन्टो लगाएर मान्यो भने देशले उन्नति गर्दछ । होइन भने देश भडखालोमा जान्छ । उनका तर्कहरुमा दम भन्दा पनि दंम्भ बढी थियो उनी भन्छन् हामीले हाम्रा देशमा सबै भन्दा बढी डाक्टर जन्माएका छौ, उत्पादन गरेका छौ र छरेका पनि छौ । छेवैमा बसेका एक श्रोताले जिज्ञासा कसे, देव्रेहात मुठ्ठी पारेर र दाहीने खुल्ला पारेर किन अभिवादन गरेका होलान् ?
अर्को छेवैको व्यक्तिले जवाफ दियो , “यो एउटा संकेत हो ।”
“के को संकेत ?”
उसले सहज भावमा जवाफ दियो , “यो गठे सरकार हो भनेर जनाउ दिएको नि ।”
मन्त्रीको भाषण सक्किना साथ म त्याहाँबाट एउटा गोष्ठीमा भाग लिन कुलेलम ठाेंके । गोष्ठीको मुल विषय थियो आर्थिक संकटबाट मुलुकलाई कसरी मुक्त गर्ने ?
आफू श्रोताले दीर्घामा बसेर भाषण सुन्न लालायित थिएँ। विभिन्न वक्ताहरुले आ आफ्नो मन्तव्य राख्ने क्रममा धेरै राम्रा राम्रा सुझावहरु आए ति मध्ये अति महत्वपूर्ण सुझाव यस्ता थिए ।
– हप्ताको तीन दिन निलाधर वर्त लिने
– पाउना पासालाई पानी मात्र पिलाउने
– आफ्ना छोरा छोरीलाई एकदमै कम , एक छाक मात्र खानदिने
– सवारी साधन नचढ्ने
– तरकारी फेरी फेरी खाने, बिहान आलु प्याज खाए साँझ, प्याज आलु खाने
– प्रधानमन्त्रीले साइकल चढ्ने यस्ता रोचक सुझावहरु आएपछि अब बोल्ने पालो थियो डा. स्यान्टिफ्ल्याटको ।
शीरको टोपी मिलाउँदै, टाइलाई हल्का घाँटीतिर लाँदै माइक भएको ठाउँमा उभिएर, पहिले त चारैतिर हेर्दछन्, सबैलाई सम्बोधन गर्दछन् । त्यसपछि विस्तारै मधुर स्वरमा जय गठे भन्न चाँही भुल्दैनन्।
उनका मुखरविन्दुबाट निस्किएका शब्दहरु ऐले पनि मेरो मानसपटलमा झन्कार हाल्दैछन्। उनले शुरुमा आफ्नो परिचय दिए र भने , “हेर्नुहोस् श्रोताहरु म वास्तवमा “घिउ” डाक्टर हुँ यसरी भन्दा मलाई कुनै पनि हीनताबोध छैन किनकी हाम्रा कैयौँ साथीहरु “तेल डाक्टर” पनि छन् । मैले आफुलाई “घिउ” डाक्टर भनेपनि म दुवैको (घिउ र तेल) को समिश्रणबाट भएको हुँ, यसैले म स्यान्टिफ्ल्याँट डाक्टर हूँ ।
ऐले मेरो सम्पूर्ण श्रोताहरुलाई सुझाव छ, यो गठे सरकारको विरोध गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु हो । तपाईहरुले राम्ररी संविधान पढ्नु भएकै छैन यो परमादेशबाट निमार्ण भएको सरकार हुँदै होइन यो संसदबाट बहुमत प्राप्त गरेर बनेको सरकार हो । यसलाई कसैले परमादेशबाट बनेको भन्छ भने त्यो मुर्ख, पाखण्डी र पापी हो । यो हात्ती सरकार हो यसमा कुकुर, स्याल, व्वाँसाहरुको अण्ड समिश्रणबाट बनेको हो । यसलाई कसैले चुनौति दिन्छ भने त्यो प्रतिगामी, विदेशी, दलाल, घोर दक्षिण पन्थि नै हो ।
डाक्टर स्यान्टिफ्ल्याँटले अझ अगाडि भन्दै गएँ हिजो के कसले के गर्यो ? कसको कति योगदान छ ? राज्य व्यवस्था प्रतिकुल हुँदा को को चेपवामा परे ? यस्ता झिना मसिना कुरामा अल्झिएर देशको आर्थिक विकाश हुन्छ ?? उहिलेका कुरा गरेर हुँदैन, अब हामीले नविन प्रयोग गर्नु पर्छ । अब पनि तिनै वि.पी, तिनै कृष्णप्रसाद, गणेशमानको नाम लिएर हुन्छ ? जे गर्ने उनीहरुले आफ्नो पालामा गरे अब गर्ने हामीहरुले हो , गठे सरकारले हो ।
धनकुटाका भिमनारायण शहिद भए राम लक्ष्मण मारिए धेरैले राज्यबाट ज्यान गुमाए भनेर ऐले त्यसको के महत्व छ । हेर्नुहोस् श्रोतागण ऐलेका प्रमुख मुद्या भनेको गठे सरकारले गरेको आर्थिक फड्को नै हो । पहिलेको सरकारको पालामा स्थापना भएको रेल विभागलाई हामीले आफ्ना कर्मठ लाउकेहरुलाई नियुक्ति गरेका छौँ, विरोध गर्ने र त्यही स्वीकार्ने हाम्रो बानी हो । हामी छिट्टै यसरी आर्थिक फड्को मार्छौ कि यि पुरातन सोच भएका सबैलाई क्रमशः भड्खालोमा हाल्दै जान्छोँ र नेपाल पुरातन मुक्त समाज बनाउँछौँ ।”
उनको भाषण सुनिरहेको एक व्यक्त्लिे छेवैमा बसेको श्रोतालाई सोधे, “होइन ! यिनले कुन विषयमा डाक्टर गरेका हुन् र ?”
अर्को श्रोताले जवाफ दिन्छ “कात्तिके कुकुर र कुकुर्नी किन अड्किन्छ ? भन्ने विषयमा रे !! उनी परराष्ट्र विज्ञका रुपमा सल्लाहाकार पनि छन् रे । म छक्क परे !