images

शनिवार, बैशाख ८ गते २०८१

उद्घोषण तथा भाषणकला तालिम

उद्घोषण तथा भाषणकला तालिम

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • उद्घोषण तथा भाषणकला तालिम

    बुटवल, १४ असार ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा दुईदिने आधारभूत उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । तालिममा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का महिला र पुरुष गरी ५६ जनाले सहभागिता जनाएका थिए । बुटवल उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा महिला तथा पुरुषहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।

    images
    images
    images

    तालिममा सहभागीहरुले तालिम अवधी अत्यन्तै छोटो भएको भन्दै यस्तो खालको तालिम स्थानीय सरकारले आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने बताएका थिए । वडा नम्बर ७ का ज्येष्ठ नागरिक माता रामकुमारी गुरुङको प्रमुख आतिथ्यमा भएको तालिम समापन समारोहमा बोल्दै वडाअध्यक्ष पदमराज गाहाले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उपयोग गर्न आग्रह गरे । उनले तालिम केवल तालिमका लागि मात्र नभइ यसको उपलब्धीका आधारमा सञ्चालन गरिने पनि बताए ।

    तालिममा सञ्चारकर्मीद्वय राज्य टेलिभिजनकी सुजिता श्रेष्ठ र लुम्बिनी टेलिभिजनकी मनु गुरुङका साथै कुमारी थापाले सहजीकरण गरेका थिए । तालिम समापनका अवसरमा कार्यक्रम संयोजक होमबहादुर मल्ल, बीपी कोइराला स्मृति प्रतिष्ठानका सचिव दिनानाथ गिरी, लिला पौडेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij