images

शुक्रवार, चैत्र १६ गते २०८०

कोरोना जोखिम भत्ता पाउनुपर्ने स्वास्थ्यकर्मीहरुको माग

कोरोना जोखिम भत्ता पाउनुपर्ने स्वास्थ्यकर्मीहरुको माग

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • कोरोना जोखिम भत्ता पाउनुपर्ने स्वास्थ्यकर्मीहरुको माग

    भैरहवा, १४ असार ।
    भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले भीम अस्पताल संघर्ष समिति गठन गरी कोरोना जोखिम भत्ता नपाए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएका छन् ।

    images
    images
    images

    संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले स्वास्थ्यकर्मीले उठाएको मागबारे नकारात्मक रुपमा सोच नहुने बताए । उनले अस्पतालको सेवा अवरुद्ध गर्ने, प्रशासनलाई दोषी देखाउने नभइ सरकारले गरेको निर्णयअनुसार श्रमको मूल्य पाउनुपर्ने स्वास्थ्यकर्मीहरुको माग रहेको बताए । उनले भने, ‘सरकारले कोरोना जोखिम भत्ता दिने नभनेको भए हामीले माग्ने थिएनौं, तर सरकारले गरेको निर्णय र आफूहरुले पाउनुपर्ने अधिकार मागेका हौं ।’ २०७८ साल वैशाखदेखि कोभिड महामारीको दोस्रो लहरमा स्वास्थ्यकर्मीहरुले कुन रुपमा जोखिममा सेवा गरे भन्नेबारे सबैलाई अवगत भएको उनको भनाइ छ । उनले प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत गरी १ सय प्रतिशत भत्ता दिने भनिए पनि हालसम्म एक रुपैयाँ पनि पाउन नसकेको बताए । स्वास्थ्यकर्मी उपाध्यायले भने, ‘असार १३ गते बितिसक्दा पनि केही नपाएपछि माग्दै नमाग्ने भन्ने कुरा हुँदैन, देशका १७ हजार स्वास्थ्यकर्मी कोरोना जोखिम भत्ता पाउनबाट वञ्चित छन् ।’

    शान्तिपूर्ण आन्दोलनलाई कसैले कुनै पनि तरिकाले धाकधम्की दिएर दबाउन खोजे पनि नरोकिने उनले चेतावनी दिए । असार १६ गतेसम्म संघर्ष समितिले आन्दोलनका कुनै कार्यक्रम नगर्दै र सरकारको निर्णय पर्खिने उनले बताए । १६ गतेसम्म पनि माग पूरा नभए सोही दिन आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सकिने उपाध्यायले बताए । उनले आन्दोलनका कार्यक्रम अन्तर्गत अस्पतालको ओपिडी बन्द हुन सक्ने, सडकमा जाने, धर्नामा बस्ने र आमरण अनशनमा बस्न सक्ने बताए । उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

    संघर्ष समितिका उपाध्यक्ष तथा बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले स्वास्थ्यकर्मीको आन्दोलन अस्पताल प्रशासन वा जनतालाई दुःख दिनलाई नभएको स्पष्ट पारे । उनले यो आन्दोलन स्वास्थ्यकर्मीको हकअधिकारको पाउनका लागि भएको बताए । उनले भने, ‘हाम्रा कुरा स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले सुनोस्, अस्पतालबाट पठाइएको कर्मचारीले राम्रो प्रतिक्रिया लिएर आउनुस् भन्ने अपेक्षा हो ।’ स्वास्थ्यकर्मीले कोरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर कुन हिसाबले काम गरे भन्ने कुरा नागरिकले राम्रोसँग बुझेको उनको भनाइ छ । उनले भने, ‘यदी सरकारले भत्ता नदिने भनेको भए पनि हामी काम गर्दथ्यौं, कहिल्यै पनि स्वास्थ्यकर्मी पछाडि हट्ने कुरै आउँदैन, भोलिका दिनमा समस्या आए भने पनि हामी पछाडि हट्ने छेनौं, ज्यानको बाजी लगाएर काम गछौं । ’सरकारले झुटो आश्वासन दिएर स्वास्थ्यकर्मीका भावनासँग खेल्नु उचित नभएको उनको भनाइ छ । सरकारले स्वास्थ्यकर्मीहरुको माग चाँडै भन्दा चाँडै अर्थात असार मसान्तसम्म सम्बोधन गर्नुपर्ने उनले माग गरे । 

    संघर्ष समितिका सचिव जनकराज पन्तले कोरोना जोखिम भत्ता हालसम्म पनि पाउन नसकेकोले आन्दोलनमा उत्रिनुपर्ने बाध्यता रहेको बताए । 

    संघर्ष समितिका कोषाध्यक्ष डा. सिद्धार्थ पाण्डेले कोरोना महामारीको दोस्रो लहरमा स्थान नहुँदानहुँदै भीम अस्पताल बाहिर राखेर पनि बिरामीको उपचार गरिएको बताए । सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म नपाएको उनले गुनासो गरे । 
    भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरुले संघर्ष समितिमार्फत रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको पनि ध्यानाकर्षण गराएका थिए । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।

    भीम अस्पताल विकास समितिका अध्यक्ष कूल प्रसाद न्यौपानेले स्वास्थ्यकर्मीहरुलाई सरकारले आश्वासन दिएकाले जोखिम भत्ता उपलब्ध गराउनुपर्ने बताए । उनले महामारीमा काम गरेका स्वास्थ्यकर्मीले भत्ताको अपेक्षा गर्नु स्वभाविक भएको बताए । उनले स्वास्थ्यकर्मीले पाउनुपर्ने भत्ताका लागि पहल भइरहेको जानकारी दिए ।

    अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा.शकुन्तला गुप्ताले स्वास्थ्यकर्मीले पाउनुपर्ने कोभिड जोखिम भत्ताका लागि पटकपटक मन्त्रालयमा पत्र पठाइएको बताइन् । अहिले एकजना कर्मचारीलाई काठमाडौंस्थित मन्त्रालयमै पठाएर भत्ता उपलब्ध गराउन आग्रह गरिएको उनले जानकारी दिइन् । उनले सेवा ठप्प पार्ने काम नगर्न आग्रह गर्दै भत्ता उपलब्ध गराउन निरन्तर पहल गरिरहेको बताइन् । 

    उनले भनिन्, ‘पैसा दिन तयार छौं, तर पैसा नआएकाले रोकिएको हो । ’उनले संघर्ष समिति गठन गरेर अस्पतालको काममा बाधा पुर्याएर, प्रशासनलाई दुःख दिएर पैसा आउँदैन, अस्पतालको ओपिडी, इमरजेन्सी बन्द हुनु भएन, भत्ता आएपछि मेरो लागि पनि आउँछ, सबैका लागि आउने हो, त्यसैले काममा हस्तक्षेप गर्नु उचित होइन ।’ अस्पतालको काममा बाधा पु¥याउन सरकारले स्वास्थ्यकर्मी÷कर्मचारी नियुक्त नगरेको उनको भनाइ छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij