images

शनिवार, बैशाख ८ गते २०८१

वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

    बुटवल, १४ असार 
    सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । 

    images
    images
    images

    प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    प्रहरीका अनुसार मंगलबार बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भए पनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेका छन् । सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवरले बताए ।

    अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन् । रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ । सिद्धबाबाबा वर्ष हुनासाथ लगातार पहिरो जाने गर्छ । वर्षा नरोकिएसम्म सडक खुल्ने संभावना कम रहेको प्रहरीको भनाइ छ । न्युज कारखाना

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij