images

बिहिवार, चैत्र १५ गते २०८०

बुटवलमा सञ्चालित ई–रिक्साको भाडादर समायोजन

बुटवलमा सञ्चालित ई–रिक्साको भाडादर समायोजन

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • बुटवलमा सञ्चालित ई–रिक्साको भाडादर समायोजन

    बुटवल, १४ असार । 
    बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर समायोजन गरिएको छ । न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरी ३० रूपैयाँ पुर्याइएको हो । हरियाली यातायात प्रा.लि.का अध्यक्ष कृष्ण तिवारीले व्यवसायी, चालक र नगरबासीको छलफलबाट असार १५ गतेदेखि लागू हुने गरी भाडादरमा वृद्धि गरिएको बताए ।

    images
    images
    images

    ‘२०७२ देखि ई–रिक्साको भाडादर अहिलेसम्म २५ रूपैयाँबाट बढाइएको थिएन’ अध्यक्ष तिवारीले भने, ‘बढ्दो महंगीले स्वरोजगार मजदुरहरूलाई समस्या भएपछि उपभोक्तालाई मार नपर्ने गरी भाडादर थोरै वृद्धि गरिएको हो ।’ तर, चालक र यात्रुको आपसी समझदारी अनुसार टाढा जानुपर्ने भए भाडादर धेरै हुनेछ ।

    भाडा वृद्धिको जानकारी प्रा.लि. ले बुटवल उपमहानगरपालिकालाई गराइसकेको छ । बुटवलमा १ हजार ४४० ई–रिक्सा बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका छन् । अझै धेरै रिक्सा दर्तामा गएका छैनन् । 

    यातायात प्रा.लि.का सचिव सुमन रायमाझीले १५ वटा चोकबाट लामो दुरीमा टाढा जानुपर्ने अवस्था भए ३० रुपैयाँ भन्दा बढी भाडा हुनेछ । ‘न्यूनतम ३० रुपैयाँ भएको छ । जस्तै बुटवल बेसक्याम्पबाट फुलबारी जानुपर्ने, चौराहाबाट मोतिपुर जानुपर्ने भए भाडा बढी हुन्छ’ सचिव रायमाझीले भने । अहिले राजमार्ग चौराहा, बेसक्याम्प, पुरानो बसपार्क, मिलनचोक, गोलपार्क, देवीनगर चौपारी, योगिकुटी, नयाँ बसपार्क, पुष्पलाल पार्क, हिलपार्क ट्राफिकचोक, आम्दा अस्पताललाई केन्द्र मानिएको छ ।  

    बुटवलमा ई–रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्ष पुगे पनि व्यवस्थित रूपमा चल्न सकेका छैनन । नगरपालिकाले केही रिक्सा दर्ता गरेर कर लिने तर, दर्ता नभएका रिक्सालाई कानूनी दायरामा नल्याउँदा व्यवसायीमाथि विभेद गरेको मजदुर छविलाल रेग्मीले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij