२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एकदिने मेहेन्दी लगाउने तालिम सम्पन्न

शनिवार , श्रावण १०, २०७७


भैरहवा, १० साउन ।
इनरह्वील क्लब अफ लुम्बिनीको आयोजनामा एकदिने मेहेन्दी लगाउने तालिम शनिबार भैरहवामा सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य शान्ता जि.सी.ले इनरह्वील क्लबले सिप सिकाएर महिलाहरुलाई आयआर्जनमा टेवा पुर्‍याउने बताइन् । उनले मान्छेमा सिप सिक्ने इच्छा भए सिप जीवनमा उपयोगी हुने बताइन् ।

इनरह्वील क्लब अफ लुम्बिनीका अध्यक्ष रचना क्षेत्रीले हातमा सिप भए अगाडी बढ्न ग्राहो नहुने बताइन् । उनले इनरह्वील क्लबले प्रत्येक महिना कम्तीमा एउटा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य राखेका बताइन् ।

क्लबका संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले साउनमा मेहेन्दीको आफ्नै महत्व रहेको बताइन् । उनले सकारात्मक कुरालाई बढावा दिई नकारात्मक कुरालाई हटाउनुपर्ने बताइन् । क्लबका निवर्तमान अध्यक्ष सीता भट्टराईले जीवन भनेकै सिकाइ भएको बताइन् । उनले तालिम लिएर आयआर्जनको बाटोमा जानुपर्ने बताइन् ।

प्यारामाउण्ट बोर्डिङ हाइयर सेकेण्डरी स्कूलका सह–प्राचार्य पुष्पा बस्नेतले तालिम सिकेर रोजगारमुलक कार्यमा लाग्नुपर्ने बताइन् ।

कार्यक्रम संयोजक सविता तुलाधरको स्वागत तथा क्लबका उपाध्यक्ष मीना नेपाल पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

३५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षकद्वय बबिता गुप्ता र श्रद्धा शर्माले प्रशिक्षण दिएका थिए ।