
शनिवार , आषाढ १८, २०७९
भैरहवा, १८ असार ।
सिर्जनशील साहित्यिक समाज (सिसास)को नियमित मासिक साहित्यिक संगममा डाक्टर बालकृष्ण चापागाईंको बौद्ध दर्शन र सञ्चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । २ सय २२ औं नियमित मासिक साहित्यिक संगममा साहित्यकारहरुले आफ्ना सिर्जना सुनाउनुका साथै चापागाईंको कृतिको समीक्षा भएको थियो ।
प्रमुख अतिथि प्राध्यापक डा. गितु गिरीले बौद्ध साहित्य समकालीन साहित्यकारहरुले सिर्जना गरे जस्तै भएको बताए । आजका साहित्य जस्तै त्यति बेलामा साहित्यलाई हेर्ने दृष्टिकोण हो । गिरीले भने, ‘साहित्य महत्वपूर्ण हुन्छ सिसासको जीवन्तता महत्वपूर्ण हुन्छ । ’
लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक समेत रहेका गिरीले चापागाईंको कृति बौद्ध साहित्यको विश्लेषणबाट निकटता देखाइएको पुस्तक अनुसन्धानमा आधारित रहेको बताए ।
बौद्धदर्शन र सञ्चार कृतिका समीक्षक डा. घनश्याम न्यौपाने परिश्रमीले बुद्धका धर्ममा भन्दा धेरै दर्शनका कृतिहरु रहेको बताए । उनले बौद्ध दर्शन हिन्दु भन्दा माथि भएको बताए ।
संसारमा बौद्ध दर्शन नपढाउने कुन विश्वविद्यालय होला ? परिश्रमीले भने,‘ सञ्चारको लागि मात्रै लेख्ने भए उहाँलाई कुनै समस्या थिएन यहाँ बौद्ध दर्शनलाई समावेश गरिएको छ । ’ बुद्धले आफ्ना उपदेशहरुलाई बुद्धका शिष्यहरुले एसियामा यति छिटो पुर्याएको बताउँदै परिश्रमीले बुद्धका उपदेश कृतिमा पाउन सकिने तर्क गर्दै दर्शन जसबाट मार्गप्रशस्त हुने बताए । चापागाईंको कृति बुद्धिको नयाँ उत्पादन हो दर्शन । बुद्धकालिन सञ्चार । परिश्रमीले भने्, बौद्ध दर्शन र सञ्चारको ओजिलो ग्रन्थ छ र पठनीय छ ।
सिर्जनशील साहित्यिक समाज (सिसास) का अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पन्थीले सिसासले प्रत्येक महिनाको तेस्रो शनिबार नियमित मासिक साहित्यिम संगम, नियमित मोती जयन्ती कार्यक्रम, वार्षिक उत्सव कार्यक्रममा सयौं साहित्यकारहरुलाई सम्मान तथा पुरस्कृत गसिसकेको बताए । कृतिकार चापागाईंको बौद्ध दर्शन संचारले नेपाली सञ्चारमा नयाँ सन्देश पैदा गर्ने बताए ।
कृतिकार डाक्टर बालकृष्ण चापागाईंले कृति विमोचनपछि पहिलोपटक गहन तरिकाले सिर्जनशील साहित्यिक समाजको कार्यक्रममा चर्चा परिचर्चा भएको बताए ।
सञ्चार बिना मानिसको जीवन परिकल्पना समेत गर्न नसकिने बताउँदै चापागाईंले बौद्ध दर्शन र सञ्चारले बौद्ध दर्शनका साहित्य र सञ्चारलाई गहन ढंगले अध्ययन गरेको बताए । संस्थाले समीक्षा गर्ने शुभ अवसर दिएकोमा हार्दिक आभार व्यक्त गर्दै चापागाईंले संस्थाको जीवन्तताको कामना गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु रुद्र ज्ञवाली, रमेश समर्थन, राम बहादुर श्रेष्ठ, मन्जु पौडेल, दीपक प्रधान, तिलक लामिछाने, विष्णु भण्डारी, रुद्र शर्मा दुःखी, हिरालाल धामी, राधा भट्टराई, गंगा घिमिरे, सिर्जना खनाल, बासुदेव पोख्रेल, लता प्रधान, डा. शिष्टता खनाल, सिसासका पूर्व अध्यक्ष सुरज घिमिरे, सुवास रिजाल, नारायण प्रसाद भण्डारी, तेज प्रसाद पन्थ लगायतले रचना वाचन गरेका थिए ।
संस्थाका सदस्य सरु ज्ञवालीको स्वागत मन्तव्य तथा सह–सचिव विष्णु प्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij