२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

पछिल्लो चौबिस घण्टामा थपिए कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित 

बिहिवार , आषाढ २३, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २३ असार  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । 

    कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् । न्युज कारखाना