images

शनिवार, बैशाख २२ गते २०८१

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

images
images
images
शुक्रवार, आषाढ २४ २०७९
शुक्रवार, आषाढ २४ २०७९
  • प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

    काठमाडौं, २४ असार  । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

    images
    images
    images

    सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । 

    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । 

    ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ विज्ञप्तिमा भनिएको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij