images

शनिवार, बैशाख २२ गते २०८१

भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन 

भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन 

images
images
images
शुक्रवार, आषाढ २४ २०७९
शुक्रवार, आषाढ २४ २०७९
  • भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन 

    काठमाडौं, २४ असार  । राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।
    आफ्नो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा १३ असारदेखि आन्दोलनमा उत्रिएको छ  । राप्रपाले १३ असारमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो । 

    आफ्नो माग सम्बोधन गर्न राप्रपाले १७ असार साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरेको छ । १९ असारमा राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

    291611372_692970501803288_6538883573535778875_n.jpg

    राप्रपाको विद्यार्थी संगठनले २७ असारमा देशभर सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई  र ३१ असारमा महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । न्युज कारखाना 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij