२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

सोमवार , आषाढ २७, २०७९

काठमाडौं, २७ असार ।सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् । 

ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले  ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् । आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए । निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।न्युज कारखाना