२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

आज भानु जयन्ती मनाइँदै

बुधवार , आषाढ २९, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २९ असार ।

    २९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९औँ भानु जयन्ती हो । 

    नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । 

    हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

    १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

    उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । न्युज कारखाना