शुक्रवार, आश्विन ५ गते २०८०

साई ग्लोबल ‘उत्कृष्ट मावि’ को रुपमा सम्मानित

साई ग्लोबल ‘उत्कृष्ट मावि’ को रुपमा सम्मानित

images
images

खबर पात्रो

२९, आषाढ २०७९
  • 3.4K
    SHARES
  • साई ग्लोबल ‘उत्कृष्ट मावि’ को रुपमा सम्मानित

    भैरहवा, २९ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा अवस्थित साई ग्लोबल माध्यमिक विद्यालय उत्कृष्ट मावि–२०७९ को रुपमा सम्मानित भएको छ । पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षकशिक्षिकाहरुबाट अध्ययन–अध्यापन, समानुकूल प्रतिष्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै फोकस नेपालले विद्यालयलाई सम्मान गरेको हो ।

    विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरीका माविहरुबाट उत्कृष्ट माविमा पर्न सफल साई ग्लोबल माविलाई राष्ट्रिय शिक्षा सम्मान–२०७९ बाट सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।

    images
    images

    गुरुपूर्णिमा तथा भानु जयन्तीको अवसरमा फोकस नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा साई ग्लोबल मावि सम्मानित भएको हो ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र राज्यमन्त्री उमेश श्रेष्ठले साई ग्लोबल माविका प्रबन्ध निर्देशक दिनेश मान अमात्यलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।

     

    images
    प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - १६:१२:३५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij