images

शुक्रवार, बैशाख २१ गते २०८१

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने मेयरको प्रतिवद्धता 

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने मेयरको प्रतिवद्धता 

images
images
images
शुक्रवार, आषाढ ३१ २०७९
शुक्रवार, आषाढ ३१ २०७९
  • सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने मेयरको प्रतिवद्धता 

    रूपन्देही, ३१ असार । 
    रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका वडा नम्बर १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको हो । 

    images
    images
    images

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एकपटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए । नगरप्रमुख शर्माले हिजो कसले के गरे के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आम नागरिक एवं सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गर्नुभयो, आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताए । उनले सबै राजनीतिक दल, जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरु सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरे । एक बित्ता वा एक हातका लागि एकआपसमा समाजमा नलड्नको लागि पनि उनले आग्रह गरे । जुन ठाउँमा झैंझगडा वा आपसी मेलमिलाप हुँदैन त्यस ठाउँको जग्गा सैनामैनाको सबै जग्गा नाप जाँच गरिसकेपछि आपसी मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने बताए ।

    राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे । उनले भने, नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि । चुनावी नारा मात्र हुन् कि !’, भन्ने जनतामा आशंका उत्पन्न भएको होला । उनले भने, ‘संविधानले प्रदत्त गरेको अधिकारले भूमिहिन दलित, सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ र एक पटकका लागि सबै सुकुम्बासीलाई जग्गाधनी लाजपुर्जा उपलब्ध गराउने छौँ ढुक्क हुनुस् ।’जग्गा नापजाँचमा ‘जग्गाधनी समयमा आएनन् । विवाद भयो भने काममा ढिलाई हुनसक्छ’, उनले भने, ‘अब बर्खा लाग्दै छ लगत्तै चुनाव नजिक आउँ दै छ । काम ढिला भयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुनसक्छ तसर्थ उहाँले कामलाई समयमा सम्पन्न गर्नको लागि जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय सबैले मिलेर काम गर्न आवश्यक छ । सैनामैना नगरपालिकालाई आफूले रुपन्देहीमा नै दोस्रो नम्बरमा पारेको उनले बताए । उनले यसअघि नै देवदहमा जग्गा नापजाँच भइसकेको बताए ।

    सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले अब धेरै व्यक्तिको जग्गाको विषयमा लिएर रहेका टिकाटिप्पणी यथाशिघ्र समाधान गरी जग्गा नापजाँच प्रक्रियालाई सजिलैसँग अगाडि बढाइदिन आग्रह गरिन् ।

    सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्र बहादुर कार्कीले यो भन्दा अगाडि नै अन्य प्रक्रियाहरु पुरा परिसकेको र अन्त्यमा जग्गा नापजाँच गर्न मात्र बाँकी रहेको कुरा खुलाउँदै अब जग्गा नापजाँच सजिलैसँग अगाडि बढ्ने बताए ।

    293710408_806032703915586_4094937828980346684_n.jpg

    वडा नम्बर १ का अध्यक्ष भुवनसिंह क्षेत्रीले वर्षौदेखि बसोबास गर्दै आएका भूमिहीनलाई जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गरे । उनले जग्गा नापीका लागि पहिलो वडा नम्बर १ छनोट गरेकोमा धन्यवाद दिदै आफ्नो र जनप्रतिनिधिहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा सैनामैना नगरपालिका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधिहरु, संघ–संस्थाका प्रमुख, प्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij