images
images

आइतवार, जेठ ६ गते २०८१

स्ववियु निर्वाचन यथाशिघ्र गराउन अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीको माग

स्ववियु निर्वाचन यथाशिघ्र गराउन अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीको माग

images
images
images
शुक्रवार, आषाढ ३१ २०७९
शुक्रवार, आषाढ ३१ २०७९
  • स्ववियु निर्वाचन यथाशिघ्र गराउन अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीको माग

    भैरहवा, ३१ असार ।

    images
    images
    images

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले विगत १५ वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन नसकेको भन्दै यथाशिघ्र गराउन माग गरेको छ । अनेरास्ववियुले आगामी २०७९ फागुनमा निर्वाचन सम्पन्न गराउन माग गरेको हो ।

    शुक्रबार भैरहवा बहुमुखी क्याम्पसको प्राज्ञिक भवन शिलान्यास गर्न आएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटालाई अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाउँदै स्ववियु निर्वाचन यथाशिघ्र गर्नुपर्नेसहित ४ बुँदे माग राखेको हो ।
    परीक्षा नतिजा प्रकाशनमा ढिलासुस्ती भएकाले यस किसिमको लापरवाही नगर्न र समयमै नतिजा प्रकाशन गर्न ध्यानाकर्षण पत्रमार्फत माग गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । उनले भने, ‘केही दिनअघि मात्र बीबीए छैठौं सेमष्टरको अगर्नाजेशन अफ बिहेबिएर र पोलिटिक्स एण्ड सोसाइटी विषयको परीक्षा विद्यार्थीले दिदादिदै रद्द भएकोप्रति अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी ध्यानाकर्षण गराउन चाहन्छ ।’

    त्यस्तै एल.एल.बी. पढ्न विद्यार्थी भैरहवा बाहिर जान बाध्य भएकालेले यथाशिघ्र एल.एल.बी. संकाय भैरहवा बहुमुखी क्याम्पसमा स्वीकृत दिइ आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुचारु हुने गरी प्रक्रिया अगाडि बढाइदिन अनेरास्ववियुको माग छ ।

    त्यसै गरी बीटीटीएम र बीएचएम संकायको पठनपाठन क्याम्पसमा ल्याउन सकिए दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने भएकाले यो संकायलाई यथाशिघ्र सञ्चालनमा ल्याउन माग गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव आशिष पन्तले बताए । उनले भने, ‘पर्यटकीय क्षेत्र गौतमबुद्धको जन्मस्थल लुम्बिनी यसै क्षेत्रमा रहेको छ, बेलहिया नाका हुँदै तेस्रो मुलुकका पर्यटकहरुको अत्याधिक आवातजावतसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरुवात भएकाले बीटीटीएम र बीएचएमको पढाइ आवश्यक देखिन्छ । ’

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij