images

बिहिवार, बैशाख ६ गते २०८१

तिलोत्तमा–६ मा निःशुल्क नागरिक हेल्प डेस्क सञ्चालनमा

तिलोत्तमा–६ मा निःशुल्क नागरिक हेल्प डेस्क सञ्चालनमा

images
images
images
आइतवार, श्रावण १ २०७९
आइतवार, श्रावण १ २०७९
  • तिलोत्तमा–६ मा निःशुल्क नागरिक हेल्प डेस्क सञ्चालनमा

    तिलोत्तमा, १ साउन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा आइतबारदेखि निःशुल्क नागरिक हेल्प डेस्क संचालनमा आएको छ । निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख गरेअनुसार आफ्ना वाचा पुरा गर्न घटना दर्ता सम्बन्धि तथा वृद्ध, असहाय, अपांगता भएका व्यक्ति लक्षित सेवाको शुभारम्भ गरेका हुन् । 

    images
    images
    images

    उक्त डेस्कबाट स्थानीयले वडामा भर्नुपर्ने विभिन्न प्रक्रियात्मक फारम निःशुल्क भर्न पाउने तथा विभिन्न घटना दर्ताका लागि घरमै सहयोगी पुगी काम गरिदिने सेवा प्राप्त गर्नेछन् । सेवा कार्यक्रमलाई आइतबार शुभारम्भ गर्दै वडाअध्यक्ष गणेश पाठकले नागरिकले स्थानीय सरकार घरघरमा भन्ने नारा सुनेको भए पनि महसुस गर्न नपाएकाले त्यसलाई सार्थक बनाउन आफू लगायत वडा सदस्यको बैठकले सो निर्णय गरेको बताए । उनले यो सुविधाले स्थानीय नागरिक र वडाबीचको सम्बन्ध पनि थप मजबुद हुने जनाए । नागरिकलाई हरेक तबरबाट सहज वातावरणमा काम हुने गरी वडामा आउने सुविधा प्रदान गर्न आफूहरु लागिपर्ने उनले बताए । वडाध्यक्ष पाठकका अनुसार सो सुविधा नागरिक तहमा पुर्याउन अहिलेलाई वडाले नै खटाएका एक कर्मचारी र अर्का सहयोगी हुनेछन् । उनीहरुको पारिश्रमिकको लागि पाठकले नगरपालीकाबाट मासिक रुपमा पाउने ३० हजार रुपैयाँलाई सदुपयोग गर्ने बताए । २१ हजार सहयोगीको तलब, संचार तथा आफ्नै साधन भएकाले तेल तथा मर्मत खर्चमा जान्छ, उनले भने, ‘डेस्कमा बसी फारम भरिदिने कर्मचारीलाई ९ हजार रुपैयाँ दिने गरी व्यवस्था मिलाएका छौं ।’

    यस्तो सुविधा घरघरमै पाइने भएपछि आफूहरुलाई खुसी लागेको स्थानीय धुव्र वस्यालले बताए । भर्खरका मानिस लाइनमा उभिन, फारम भर्न, सबै काम गर्न सक्ने भए पनि वृद्धवृद्धा, अतिविपन्न तथा अपांगता भएका व्यक्तिलाई सो सुविधाले बढी फाइदा मिल्ने उनले बताए ।

    साथै वडाले वृद्धवृद्धाले वडामा आइ आफ्ना कागजपत्र नविकरण गराउने व्यवस्थालाई पनि सहज बनाउन वडा सदस्यहरुलाई आफ्नो टोलमा खटाई सेवा प्रदान गर्ने गरी खटाएको छ । हेल्प डेस्कमा रहेर काम गर्न यमकला वस्याल रहेकी छन् भने घरघरमा गई काम गर्न सहयोगीका रुपमा सुधन वास्ताकोटी खटिनेछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij