२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

गर्मी बढेपछि सिद्वार्थनगरका विद्यालयमा एकहप्ता बिदा  

सोमवार , श्रावण २, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २ साउन ।
    रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले विद्यालयहरुलाई ७ दिन (एकहप्ता) बिदा गर्न भनेको छ । अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी बिदा गर्न भनेको हो । 

    वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ । वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा विदा गरिएको सूचनामा भनिएको छ ।