
बुधवार , श्रावण ४, २०७९
बुटवल, ४ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले जनसंगठन समन्वय संयन्त्र गठन गरेको छ । बुधबार बसेको २२ वटा जनवर्गीय संगठनहरुको संयुक्त बैठकले संयन्त्र गठन गरेको हो ।
बैठकले जनसंगठनहरुको शुद्धीकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ । त्यस्तै बैठकले तीनदिने पुष्पलाल स्मृति दिवस मनाउने निर्णय गर्दै साउन ५ गते बिहीबार सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै साउन ६ गते पुष्पलालको तस्वीरमा माल्यार्पण र विचारगोष्ठी कार्यक्रमको आयोजना गर्ने र ७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्की, लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल राना लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij